काठमाडौं – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुरानै एमालेको नयाँ अवतार भएको प्रतिक्रिया दिएका छन् । बुधबारबाट काठमाडौँको राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा जारी राजनीतिक र संगठनात्मक प्रतिवेदनलाई लिएर अध्यक्ष डा. भट्टराईले पार्टीको ब्यानबाट माक्र्स र लेनिनको फोटो हटाइएकोबारे प्रश्न गरेका…