ढोलाहिटीमा ग्याङ फाइटः होटल सञ्चालकसहित ४ पक्राउ, कर्तव्य ज्यानमा अनुसन्धान गरिने

काठमाण्डु- ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनामा होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलवार प्रहरीले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालक ३१ वर्षीय विजय राई…