मकालु गाउँपालिका अध्यक्षमा नेकपाका पोखरेल विजयी

संखुवासभा – संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि भएको उपनिर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ । शनिबार भएको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपाका उम्मेदवार तेजबहादुर पोखरेलले ३ हजार १८ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत ल्याए । समाजवादी पार्टीका नुर्वु शेर्पाले २२९ मत पाए…