शुल्क फिर्ता नभए अझ ठूलो आन्दोलन हुन्छ, माफियालाई छाड्ने छैनौंः सहसंयोजक तामाङ

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले मेडिकल कलेजले लिएको बढी शुल्क एक हप्ताभित्र फिर्ता गरिसक्नुपर्ने बताएका छन् । मंगलबार सरकार र निजी मेडिकल कलेजका सञ्चाकहरुबीच बढी शूल्क फिर्ता गर्ने सहमति भएको भएको थियो । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै सहसंयोजक तामाङले बढी शुल्क फिर्ता भए…