पोखरा – कास्की निर्वाचन क्षेत्र नं– २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको विकास आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएकी छन् । पोखरा महानगरपालिका–२० स्थित विकट मानिने मौजा आँटीघरमा मंगलबार आयोजित घरदैलो कार्यक्रम पश्चात आयोजित कोणसभामा उनले पोखराका नयाँ वडाको विकास निर्माण पहिलो प्राथमिकता हुने प्रतिबद्धता व्यक्त…