काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् रामनारायण बिँडारीले कर्मचारी र यातायात व्इवसायीको मिलेमतो गरेर दुर्घटना न्यूनिकरण गर्न असहयोग गरेको बताएका छन् । उनले बढ्दो सवारी दुर्घटना न्युनिकरणमा सरोकारवालाहरू निरीह देखिएको गुनासो गरे । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिँडारीले यस्तो कुरालाई नजरअन्दाज गर्नेहरूलाई सात जुनीसम्म पाप लाग्ने बताए । 'सडकको सिद्धान्त के हो…