सूचना प्रविधि विधेयक नसच्चिए सडकमा ओर्लिन साझाको चेतावनी

काठमाडौं – साझा पार्टीले संसदमा विचाराधीन अवस्थामा रहेको सूचना प्रविधि विधेयक फिर्ता लिन माग गरेको छ । सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना पार्टी र आसेपासेहरुको हित हुने काम गरेको आरोप लगाए । आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दशकौंको संघर्षपछि प्राप्त उदार लोकतन्त्रको अवधारणालाई सत्तासिन भएदेखि नै अनुदार…