उपनिर्वाचनका लागि मनोनयन दर्ता आज, के–के कागजात चाहिन्छ ?

काठमाडौं – मंसिर १४ गतेको आसन्न उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज मनोनयन हुँदैछ । सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन हुनेछ । मुख्य राजनीतिक दलहरुले उम्मेदवार टुंग्याइसकेका छन् । बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता हुनेछ । निर्वाचन कार्य तालिका अनुसार २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ…