विराटनगर – सरकारका कार्यबहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीका दुईजना अध्यक्षबीच कुनै विवाद नभएको दाबी गरेका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पार्टीमा बहस हुनु छलफल हुनु स्वभाविक भएको बताउँदै प्रधानमन्त्री आलोपालो हुने भन्ने कुरामा कहिँ कतै सहमति नभएको प्रस्ट पारे । ‘पार्टीमा बहस हुनु छलफल हुनु स्वभाविक हो, केपी ओली…