प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान, कात्तिक १० गते स्वदेश फर्कने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् । ओली कतार एयरवेजको विमानमार्फत बाकुतर्फ प्रस्थान गरेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओलीले पर्सी शनिबार सम्मेलनलाई सम्बोधन…