एकाबिहानै प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि आज (मंगलबार) बिहानै त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोलोजी भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सल्लाहकार थापाका अनुसार नियमित स्वास्थ्य जाँचका सिलसिलामा प्रधानमन्त्रीलाई मंगलबार बिहानै अस्पताल लगिएको हो…