काठमाण्डु- नेपाली कांग्रेसका सभापति पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधानले कुनै रोकटोक नगरेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई संविधानले नरोकेको बताएका हुन् । राजनीतिक दलमा आबद्ध हुन संविधानले नरोकेकोले उनीहरूको सक्रियता अस्वाभाविक ठान्न नहुनेमा देउवाको भनाइ छ । नेकपा (एमाले)को…