काठमाडौं – नेकपा नेता एवं पूर्वमन्त्री प्रभु शाह विवादमा तानिएका छन् । पूर्वडिआईजी रमेश खरेलले वीरगञ्जका काशीनाथ तिवारीको हत्यामा संलग्न भएको खुलासा गरेपछि शाह विवादमा तानिएका हुन् । घटनाको विषयमा शाहमाथि छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने आवाज उठ्न थालेको छ । नेकपाका नेताले पनि शाहमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । नाम नबताउने सर्तमा नेकपाका…