काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकता गर्दा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएको सहमतीबारे मुख खोलेका छन् । प्रचण्डले अध्यक्षद्धय केपी शर्मा ओली र आफुबीच सरकारको नेतृत्व आलोपालो गर्ने भनि गरिएको सहमति अनुसार साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पनै गर्न नसक्ने बताएका छन् ।…