काठमाडौं – नेपाली कांग्रेसले गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा दुईवटा परिवारका ९ जनाको हत्या गर्ने हत्यारालाई कानुनको दायरामा ल्याई कारबाही गर्न माग गरेको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले मंगरबारको प्रतिनिधिसभा बैठकमा सोमबार राति अज्ञात समूहले ९ जनाको हत्या गरेको भन्दै सरकारले हत्याराको पहिचान गरी छिटो कारबाही गर्नु पर्ने बताइन् ।…