कास्की- समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने बताएका छन् । संघीय समाजवादी पार्टीसँग आफू नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी एकीकरण गरेपछि सातै प्रदेशमा अभिमुखीकरण घोषणा गरेको समाजवादी पार्टीको पहिलो पटक पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो आरोप लगाएका हुन्। ‘नेपाली काँग्रेसको युग सकियो, प्रजातन्त्र स्थापनामा उस्को ठुलो भूमिका…