काठमाडौं – सरकारले हरेक बिहीबार गर्दै आएको नियमित पत्रकार सम्मेलन आज स्थगित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गरेर आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेका कारण मन्त्रिपरिषद् बैठक नबसेकाले सरकारले आजको पत्रकार सम्मेलन स्थगित गरेको हो…