भरतपुर - नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गरेका हुन् । ‘नेविसङ्घमा तदर्थ समिति बनाउने कि अर्को समिति बनाएर अधिवेशन गर्ने, त्यसमा हामी छलफल…