माधव नेपालले भने -रेशम चौधरीबारे सरकार एक्लौटी रूपमा अगाडि बढेको छ

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हिजो मात्र सपथ गराइएका टीकापुर घटनाका आरोपी राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीबारे सरकार एक्लौटी रूपमा अगाडि बढेको आरोप लगाएका छन् । शुक्रबार बिहान निर्वाचन क्षेत्रको विकास निर्माण निरीक्षण गर्नेक्रममा उनले चौधरीलाई सपथ ग्रहण गराउने विषयमा पार्टीभित्र कुनै किसिमको छलफल नै नभएकोे बताए ।…