काठमाडौं - नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी प्रकरणमा बहालवाला दुई सचिवलाई निलम्बन गर्न संसदीय उपसमितिले सिफारिस गरेको छ । उपसमितिले बुधबार सार्वजनिक लेखा समितिमा प्रतिवेदन बुझाउँदै तत्कालीन सचिव प्रेमकुमार राई र शंकरप्रसाद अधिकारी, हालका पर्यटन सचिव कृष्णप्रसाद देवकोटा तथा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई तत्काल निलम्बन गरी भ्रष्टाचार अभियोगमा कारबाही थाल्न सिफारिस गरेको हो। उपसमितिले…