काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षमा दिगम्बर झाको नियुक्तिले चर्चा पाएको छ । पार्टी एकीकरणदेखि सरकारको प्रभावकारिता देखाउने उपायमा केन्द्रीत हुनुपर्ने बैठकमा एउटा कर्मचारी नियुक्तिको विषयले समेत प्रवेश पायो । झाको नियुक्ति एउटा व्यक्तिगत मात्रै नभएर सरकारको कार्यशैली र प्रवृत्तिका रुपमा चर्चा भइरहेको छ । स्थायी कमिटी…