काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने स्पष्ट पारेका छन् । बिहीबार देउवा निवास बुढानिलकण्ठमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले भने,‘अब कांग्रेस एक हुन्छ । पार्टीभित्र यतिवेला कुनै समस्या छैन ।’ उनले पार्टीको महासमिति बैठक अब निर्धारित मितिबाट…