जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

काठमाण्डु – सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीले सुरु गरेको आन्दोलन चर्किंदै जाँदा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३४ जनाले ज्यान गुमाएका हुन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म १ हजार ३६८ जना घाइते भएका छन्। तीमध्ये ३२१ जना अझै उपचाररत छन्…