सूचनाको हक तल्लो तहसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

काठमाण्डु- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक संस्था, आमा समूह, क्लबलगायत तल्लो तहसम्म सूचनाको हक पु¥याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको दुईदिने प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै उनले संविधानमा मौलिक हकका रूपमा राखिएको सूचनाको हक सबै नागरिकले पाउने गरी अभियान चलाउन…