काठमाण्डु – जनकपुरधामबाट अपहरणमा परेका ३ वर्षीय बालकको धनुषा प्रहरीले सकुशल उद्धार गरेको छ । भारतको सीतामढी, बर्गिनिया प्रखण्डका हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरी अपहरणमा परेको सूचना पाए लगत्तै खोजतलास सुरु गरेको धनुषा प्रहरीले मंगलबार बालकलाई अपहरण मुक्त गराएको हो । महोत्तरीको पिपरा गाउँपालिका– ४ बाट सोहनलाई फेला पारेको धनुषाका प्रहरी उपरीक्षक बसन्त…