काठमाण्डु – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा लगाउन प्रहरी असफल भएको छ । हत्या भएको चार वर्ष पुग्न लाग्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको हो । निर्मला हत्याकाण्डको पछिल्लो अवधिमा सुरक्षा निकायमा चार आईजीपी फेरिइसकेका छन् । सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली र शैलेश थापा क्षेत्रीले अवकाश पाइसकेका छन् भने अहिले प्रहरीको नेतृत्व धीरजप्रताप…