ताप्लेजुङ - गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि गएको हेलिकोप्टर रिक्तै फर्किएको छ । अल्टिच्युट एयरको हेलिकोप्टर पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि हिउँमा फसेका बाबुछोरा बसेको स्थानको भेउ नपाएपछि सुकेटार विमानस्थल फर्किएको हो । उक्त क्षेत्रको मौसम बिग्रिएकाले आइतबार पुनः प्रयास गर्नेगरी सुकेटारमै राखिने…