परशुराम नगरपालिकामा एक युवक मृत फेला

डडेल्धुरा - डडेल्धुरामा एक युवक मृत फेला परेका छन् । जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका-३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।