काठमाण्डु उपत्यकामा तीनको शङ्कास्पद मृत्यु

काठमाण्डु - काठमाण्डु उपत्यककाको विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाण्डु महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी भेटिएका छन् । उता काठमाण्डु गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन्…