कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाण्डु - नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्दैछ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । बैठक सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।