सरकारले बालबालिकालाई खुवाउन सुरु गरेको स्वर्णप्राशनप्रति नेपासले जनायो असहमति

काठमाण्डु– सरकारले बालबालिकालाई स्वर्णविन्दुका थोपा खुवाउने उद्देश्यसहित सुरु गरेको ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमप्रति नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले असहमति जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भदौ ५ गते धनगढीमा बालबालिकालाई औषधि खुवाएर उक्त अभियानको सुरुआत गरेका थिए। मन्त्री पौडेलले यसलाई आयुर्वेदिक चिकित्सा पद्धतिमा आधारित स्वदेशी औषधि भन्दै प्रचार गरेका छन्।तर, यस औषधिको वैज्ञानिक…