काठमाण्डु – अन्तराष्ट्रिय हवाई उडान सुचारु भएको छ । विश्वभर महामारीको रुप लिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको दुई महिनापछि अन्तर्राष्ट्रिय उडान सुचारु भएको हो । केही दिन अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण बन्द गरिएका अन्तराष्ट्रिय उडानहरु सिमित संख्यामा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार नेपाल नागरिक उड्ययन प्राधिकरणले असार ९ गतेदेखि…