काठमाण्डु - बिपी राजमार्गको करिब ३० किलोमिटर सडक अब दुई लेनको राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने भएको छ । सडक विभागले हालसम्म चार निर्माण कम्पनीसँग विभिन्न चार खण्डका ठेक्का सम्झौता गरिसकेको छ भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अर्को खण्ड अनुदानमा निर्माण गर्ने तयारी गरेको छ । सडक विभागका अनुसार निर्माण कार्यको ठेक्का सम्झौता सम्पन्न भएको मितिबाट…