युवासंघबाट निलम्बित कुलुङले भनिन् – राजनीतिक प्रतिशोध साँधियो

काठमाण्डु – नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवासंघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने काम भएको बताएकी छन् । गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो । ‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका ९ बजे कारबाहीको पत्र आयो । त्यो पत्रभन्दा अगाडि मैले स्पष्टीकरण दिइसकेको…