भागरथी हत्या प्रकरणः दिनेशले बयान फेरे, प्रहरी भन्छः ट्वीस्ट ल्याउन खोजियो

काठमाण्डु – बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टका अभियुक्त दीनेश भट्टले बयान फेरेका छन् । अदालतको आदेशपछि सुधार केन्द्रमा रहेका १६ वर्षीय दिनेशले आफूलाई जर्बजस्ती घटनाको कबोल गर्न लगाएको आफ्ना बाबुसमक्ष बताएका छन् । उनका बाबु दीपक भट्टले भागरथीलाई आफूलाई नमारेको भन्दै प्रहरीले घाँटीमा चक्कु राखेर घटना स्वीकार गर्न लगाएको बताएका छन् ।…