काठमाडौं – कोरोना भाइरस प्रभावित चीनको वुहानबाट उद्दार गरिएका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गर्दै १ सय ७५ जना नेपालीमो कोरोनको संक्रमण नभएको पुष्टि गरेको हो । आइतबार बिहान काठमाडौं ल्याइएका उनीहरुको सोही दिन नै स्वास्थ्य परीक्षणका लागि नाक र घाँटीको…