काठमाडौं – स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको रुघाखोकीलाई कोरोना भाइरस भनेर गलत हल्ला फैलाइएको भन्दै आपत्ति जनाएको छ । मन्त्रालयका सहप्रवक्ता सागर दाहालले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३, गुम्बा गाउँमा फैलिएको संक्रमण सामान्य रुघाखोकी भएको कुनै कोरानाको संक्रमण नभएको दाबी गरेका हुन् । गुम्बा गाउँमा ज्वरो, रुघाखोकीले अहिलेसम्म २ सयभन्दा बढी मानिस बिरामी भएका छन्…