मेलम्ची खानेपानी : याङ्ग्री लार्केको पानी ल्याउने बाटो खुल्यो

मेलम्ची – मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री लार्के आयोजना कार्यान्वयन गर्ने सिलसिलामा पाँचपोखरी थाङपाल गाउँपालिकासँग सम्झौता सम्पन्न भएको छ । पहिलो चरणमा १७ करोड लिटर पानी ल्याउने काम करीब सम्पन्न हुने दौरानमा रहेको छ । दोस्रो चरणअन्तर्गत ३४ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउँदा प्रभावित हुने स्थान र जनताले के–के सुविधा पाउने भन्ने विषयमा…