‘गुन्डा नाइके’ रमेश बाहुन समूहका ‘सुटर’ पक्राउ

काठमाडौं – ‘गुन्डा नाइके’ रमेश बाहुन समूहका एक ‘सुटर’ पक्राउ परेका छन् । नेपाल प्रहरीको महानगरिय अपराध महाशाखाको टोलीले बाहुन समूहका सुटर दुर्गा राईलाई शनिबार कोटेश्वरबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुल थापाकाअनुसार पाँच वर्ष जेल बसेर छुटेका राईले विभिन्न व्यवसायीलाई धम्की दिँदै रकम असुली गर्न थालेको जानकारी पाएपछि उनलाई पक्राउ गरिएको हो…