संखुवासभा – संखुवासभाको उत्तरी क्षेत्रमा एक महिना अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा मकालु र भोटखोलाका सयौँ सेवाग्राही सञ्चारसेवाबाट वञ्चित भएका छन् । मकालु गाउँपालिका–५ को मांसिमा डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चारसेवा अवरुद्ध भएको हो । सञ्चार सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको…