काठमाडौं – जापानका सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोह भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान होटलमा भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो उनीहरुको पहिलो भेटघाट हो । सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट…