धनुषा – प्रदेश २ सरकारले प्रदेश लोक सेवा आयोगको सदस्यमा दुई जनालाई नियुक्त गरेको छ । डाक्टर सुजाता देव र महारुद्र झालाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सोमबार एक समारोहबीच सपथ ग्रहण गराएसँगै उनीहरु आयोगका सदस्य भएका छन् । प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवको सपथ ग्रहण यसअघि नै भइसकेको छ । सपथ ग्रहण समारोहमा…