काठमाडौं - लक्ष्मी बैंकले सञ्चालन गरेको “माई कार्ड आइडियाज” नामक क्राउडसोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ । आज काठमाडौंमा आयोजित एक प्रेस सम्मेलनमार्फत डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरिएको हो । क्राउडसोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ…