काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको बाटोमा लगातार अगाडि बढिरहेको बताएका छन् । आईतबार धनगढीमा धनगढी सभागृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले धनगढी सभाहल निरन्तर विकासको प्रमाण भएको बताए । ओलीले देश विकासको काममा योगदान पुर्याउन पनि सबैलाई आह्वान गरे । व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्नेलाई केही वर्ष यताको विकासलाई हेर्न आग्रह…