जनमतले नागरिक उन्मुक्तिसँग पार्टी एकीकरण गर्ने, ३ सदस्यीय कार्यदल गठन

काठमाण्डु – जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत दलसँग पार्टी एकीकरण गर्न कार्यदल गठन गरेको छ । महोत्तरीको बर्दिवासमा आईतबार र सोमबार बसेको केन्द्रीय समितिको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गर्दै जनाएका छन् । ‘नागरिक उन्मुक्ति पार्टी सहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल…