राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको प्रचण्डको दाबी

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाएर सरकारले जनतालाई भड्काउने काम गरेको बताएका छन्। मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले विचौलियाले सरकार चलाएको आरोप लगाए। उनले सत्तामा रहेकाको कुशासनले लोकतन्त्रलाई चुनौती दिएको आरोप लगाए। ‘समिति बैठक नाटक, सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन्। उसको शक्तिले इमान्दार व्यवसायीलाई…