काठमाण्डु- त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा देशभरका १६ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुका सभापति निर्विरोध निर्वाचित भएका छन् । देशभरका १६ क्याम्पसमा आफ्नो संगठनबाट सभापति निर्विरोध निर्वाचित भएका अनेरास्ववियुले जनाएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पनि देशभरका १९ क्याम्पसको सभापतिमा निर्विरोध निर्वाचित भइसकेको छ । त्रिविका देशभरका ६२ आंगिक र एक…