काठमाण्डु – धादिङ जिल्लाको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । निर्वाचन समितिका संयोजकले राजीनामा दिएपछि स्ववियु चुनाव स्थगित भएको क्याम्पस प्रमुख नवराज शर्माले विज्ञप्तिमार्फत जनाएका छन् । उनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रयोजनको लागि क्याम्पस सञ्चालक…