काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताहरूले निजी दूरसञ्चार एनसेलका चार दर्जनभन्दा बढी ’बीटीएस’ टावरमा आक्रमण गरेसंगै दूरसञ्चारमा असर परेको छ । विप्लवले करिब ३० जिल्लाका बीटीएस टावरमा आक्रमण गरेको बताइएको छ। आक्रमणमा परेका टावरहरूलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने गरी काम अघि बढाए पनि विकट स्थानमा रहेका टावरहरूमा सेवा सुचारु गर्न…