खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्वारा अनुगमन

काठमाण्डु – जलवायु परिवर्तनको प्रतिकूल असरले तराई–मधेश क्षेत्रमा गहिरिँदो खानेपानी अभावलाई मध्यनजर गर्दै खानेपानीमन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सोमबार पर्सा जिल्लाका विभिन्न स्थान एवं वडाहरूमा विशेष अनुगमन तथा निरीक्षण गरेका छन् । तराई–मधेश क्षेत्र विशेषगरी वीरगञ्ज महानगरपालिकामा जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण खानेपानीको अभाव गम्भीर बन्दै गएपछि त्यसको तत्कालीन…